काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ सब–भ्यारियन्ट एक्सबीबी(ग्र्य्फोन ) भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जीनोमिक सिक्वेन्सिङका क्रममा एक नेपालीमा नयाँ सब–भ्यारियन्ट एक्सबीबी भेटिएको हो ।
गत साउन २१ गतेदेखि असोज १४ गतेसम्म कोभिड – १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी भेटिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारिले बताए ।यो भ्यारियन्ट पहिलो पटक भारतमा सन् २०२२ को अगस्टमा पत्ता लागेको थियो। सिङ्गापुरको स्वास्थ्य मन्त्रालयका अनुसार अष्ट्रेलिया, बंगलादेश, डेनमार्क, भारत, जापान र अमेरिका लगायत १७ भन्दा बढी देशहरूमा एक्सबीबी(ग्र्य्फोन ) भेटिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म सब–भ्यारियन्ट विश्वका २६ देशमा पुगिसकेको छ । सार्स कोभ – २ भाइरसको ओमिक्रोन भेरियन्टको मूलबाट आएको उच्च दरमा रुप फेरिरहेको यो भेरियन्ट गतवर्षको सुरुवातमा उच्च दरमा फैलिएको थियो । भ्यान्डरबिल्ट युनिभर्सिटी स्कूल अफ मेडिसिनका संक्रामक रोग विशेषज्ञ र प्रोफेसर विलियम शाफ्यानअर एमडी भन्छन् एक्सबीबी भने विभिन्न कारणले अहिलेसम्मकै सबैभन्दा खराब भाइरस मानिएको छ किनभने यो द्रुत रूपमा फैलिन्छ र पहिलेको कोभिड – १९ संक्रमण भएका वा भ्याक्सिन लगाएर मानिसहरूले निर्माण गरेको प्रतिरोधात्मक क्षमताललाई बेवास्ता गर्छ।
यो सब–भ्यारियन्ट हाल देशका विभिन्न ठाउँमा फैलिएको र कोरोना संक्रमण बढेको मन्त्रालयको भनाइ छ । दिपावली, छठजस्ता पर्वमा संक्रमण अझै बढ्न सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेको छ ।





