राजनीतिक अस्थिरताका कारण मुलुककाे समस्या जहाँकाे त्यहीँ : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मूल गर्नुपर्ने नागरिकको चाहना पूरा गर्ने आफ्नो पहिलाे दायित्व भएकाे बताएका छन् ।

काठमाडाैँमा आइतबार आयाेजित चुनावी कार्यक्रममा बाेल्दै नेता सिंहले व्याप्त भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्दै देश निर्माण आफ्नाे पहिलाे दायित्व रहेकाे बताए ।

‘प्रशासनिक प्रक्रियामा झन्झटिलाे छ। समयमा केही काम नहुने, जहाँ सुकै भनसुन चाहिने यस्तो अवस्थाकाे अन्त्य गर्नु मेराे पहिलाे प्राथमिकता हाे,’ उनले भने ।

राजनीतिक अस्थिरताका कारण मुलुककाे समस्या जहाँकाे त्यहीँ रहेकाले राजनीति स्थायित्वले मात्र सुशासन र विकास निर्माणकाे प्रक्रियामा अगाडि बढ्ने भन्दै नेता सिंहले काठमाडौंमा देखिएकाे खानेपानी, फाेहाेर व्यवस्थापन ट्राफिक जामलगायत न्युनतम आधारभूत समस्याको समाधानका लागि काम गर्ने याेजनासहित आफू फेरि जनतामाझ आएकाे बताए ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सुरक्षण मुद्रणमा दोषी ठहरिएका इन्जिनियर मृत भेटिए

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको तीन दिन दिनपछि सिनियर डिभिजनल इन्जिनियर …

प्रतिकृया दिनुहॊस