लाभाशं पारित गर्ने नं वान बैंक बन्यो सिटिजन्स

काठमाडाैं । सिटिजन्स बैंककाे ९ प्रतिशत लाभा‌ंश पारित भएकाे छ । बैंककाे १५ औं वार्षिक साधारणसभाले साे लाभांश पारित गरेकाे हाे । साे सभाले गत आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब २० कराेड ९७ हजार ४ हजार ६ रुपैयाँकाे ९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ कराेड ८० लाख ८७ हजार ६६१ रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हाे ।

सिटिजन्स बैंक आ.व. २०७८/७९ को लाभाशं पारित गर्ने पहिलो बैंक बनेको छ । साे सभाले बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेकाे छ । सभाले साबिक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात साविक पूँजी संरचना ५१:४९ परवर्तन भई कायम भएको पूँजी संरचना ५१.०७:४८.९३ (संथापक सेयरधनिहरुले धारण गरेको जम्मा सेयर साधारण सेयरधनीहरुले धारण गरेको जम्मा सेयर) बमोजिम प्रबन्धपत्रमा संसोधन गर्ने प्रस्ताव समेत साधारण सभाले पारित गरेको बैंकले वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक र एनसीएचएल Alipay+ बिच मार्फत NEPALPAY QR मा अन्तर्देशीय भुक्तानी गर्ने सम्झौता

काठमाडौँ । सिद्धार्थ बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड बिच बैंकले दर्ता गरेका NEPALPAY मर्चेन्टहरुको …

प्रतिकृया दिनुहॊस