आईओसीले इन्धनको मूल्य बढाएर पठायाे, आयल निगम भने नाफामा जाँदै

भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको मूल्य बढाएर पठाएको छ। आइतबार नेपाल आयल निगमलाई सबै खालको पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्दै नयाँ मूल्यसूची पठाएको हो।

आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, डिजेलमा १५ रुपैयाँ ६० पैसा र हवाई इन्धनमा १० रुपैयाँ २५ पैसा वृद्धि भएको छ।

मूल्य बढेपनि पेट्रोल र हवाई इन्धनमा निगम नाफामा छ। तर, नेपाल आयल निगमलाई डिजेलमा भने प्रतिलिटर ६ रुपैयाँ ३४ पैसा घाटा हुने भएको छ। यता ग्यासमा प्रतिसिलिण्डर ३२५ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ।

तैपनि समग्रमा निगमलाई आगामी १५ दिनमा ३९ करोड नाफा रहने भएको छ। २० महिनाको अन्तरालपछि पुनः नाफामा गएको हो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds