टेलिकम वर्कर्स युनियनको एघारौं महाधिवेशन : रौनियारको नेतृत्वमा ४२ सदस्यीय कार्यसमिति चयन

नेपाल टेलिकम वर्कर्स युनियनको ११ औं महाधिवेशनले सुरेशप्रसाद रौनियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। सुदुरपश्चिम प्रादेशिक समितिको आतिथ्यता र केन्द्रिय समितिको आयोजनामा असोज २७ देखि २९ गतेसम्म सौराइ स्क्वायर धनगढीमा सम्पन्न भएको महाधिवेशनले रौनियारको अध्यक्षतामा ४२ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।

निर्वाचनबाट आगामी तीन वर्षका लागि चयन भएकामा सहअध्यक्षमा लालबहादुर राना, उपाध्यक्षहरुमा हेमराज कटुवाल, रोशन बजगाई, हेरम्बदेब भट्टराई, महिलातर्फ समिता कोइराला, आदिवासी–जनजातिमा वीरबहादुर आले, मधेसीमा पुरन साह कानु रहेका छन्।

त्यस्तै महासचिवमा लोकेन्द्र पनेरु, कोषाध्यक्षमा भुपराज शर्मा, उपमहासचिव ( प्र) नन्दकुमार बुढाथोकी, उपमहासचिव (क) शिवराम थापा, उपमहासचिव (आईटि तथा प्रकाशन) राकेशकुमार लामा चयन भएका छन्। त्यस्तै सहकोषाध्यक्षमा गोपालसिंह बस्नेतसहित ४२ जना रहेका हुन्। प्रमुख निर्वाचन अधिकृत विनोद पंडितले नवनिर्वाचित अध्यक्षलाई सपथ खुवाए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा सम्पन्न समुद्घाटन कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय पदाधिकारीहरु तथा कम्पनीमा क्रियाशील ट्रेड युनियन एनटीइएन, एनटीईयू र एनईओका अध्यक्ष तथा एनटीयूसी सुदुरपश्चिम प्रादेशिक समितिका अध्यक्ष, कम्पनीका कर्मचारी, संचालक प्रतिनिधि, निमित्त नायब प्रबन्ध निर्देशक लगायत अतिथिहरुबाट शुभकामना मन्तव्य राखिएको थियो।

कार्यक्रममा मुल आयोजक समितिका संयोजकबाट स्वागत मन्तब्य एवं सहआयोजक सुदूरपश्चिम प्रादेशिक समिति अत्तरियाका अध्यक्ष दिपेन्द्रबहादुर कठायतबाट धन्यवाद ज्ञापन गरिएको थियो।

उक्त कार्यक्रममा बवक्ताहरुले संस्थागत सुधार, कर्मचारी हकहित, ट्रेड युनियन अधिकार, सेवाग्राहीका पक्षमा गर्नुपर्ने नीतिनिर्माण लगायतका विषययहरुमा विचार व्यक्त गरेका थिए।

असोज २७ गते पहिलो सत्रमा समुदघाटन भएको कार्यक्रममा सोही दिन दोस्रो सत्रमा साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, विधान एवं भावी नीति तथा कार्यक्रमहरुमा बृहत छलफल भइ बन्द सत्र समापन भएको थियो।

टेलिकम वर्कर्स युनियनको ३२ वर्षे इतिहासमा धनगढीमा पहिलो पटक आयोजित महाधिवेशनमा देशैभरबाट करिब ६०० बढी प्रतिनिधि र पर्यवेक्षकको सहभागीता रहेको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको …

प्रतिकृया दिनुहॊस