डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो, ४८ जनाको मृत्यु

dengu/डेंगुबाट यसरी बच्नुहोस्

नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ। गत साउन १ गतेयता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

पछिल्लो चौबिस घण्टामा १ हजार १११ जना डेंगुका बिरामी थपिएपछि कुल संख्या ४० हजार नाघेको हो। योसँगै नेपालमा कुल डेंगु बिरामीको संख्या ४० हजार २९ पुगेको छ।

बितेको चौबिस घण्टामा डेंगुका कारण एक जनाको मृत्यु भएको छ। योसँगै हालसम्म डेंगुका कारण ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशका ७७ जिल्लामा डेंगुका बिरामी भेटिएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप