समानुपातिकतर्फको मतपत्र छपाइ सकियाे, १८ जिल्लामा मतपत्र ढुवानी

आगामी ४ मंसिरमा तय भएको संसदीय निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न गरेको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकालागि समानुपातिक निर्वाचन प्रणालीतर्फको ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको आयोगले जनाएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मतपत्र ढुवानी भइरहेको छ। हालसम्म खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सप्तरी, महोत्तरी, धनुषा, सिरहा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरी जिल्लामा उक्त मतपत्र ढुवानी भएको छ।

प्रत्यक्षतर्फ पनि मतपत्र छपाइको काम सुरु भएको छ। १७ लाख मतपत्र छपाइ भएको आयोगले जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस