काठमाडाै । नेपाली बजारमा आज सूनको मूल्य स्थिर रहेको छ । बिहीबार स्थानीय बजारमा छापावाल सुन तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । बुधबार पनि छापावाल सुन तोलाको ९४ हजार २०० मै कारोबार भएको थियो । आज भने तेजाबी सुनको मूल्य पनि स्थिर रही तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज भने चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले घटेको छ । बुधबार तोलाको एक हजार २२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएकाे छ ।
तपाईंको प्रतिकृया




