काठमाडौं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज बिहीवार अन्तिम दिन रहेको छ । बैंकको लाभांश सुरक्षित गर्ने आज असोज २७ गते बिहीबार अन्तिम दिन हो । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि असोज २८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन र बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्ने बैंकले वताएकाे छ।
बैंकले लाभांश वितरण गर्ने प्रस्ताव सहित कार्तिक ४ गते अमृतभोग, कालिकास्थानमा विहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साे सभामा गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल एवं लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात र नाफानोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरण माथि छलफल हुने भएकाे छ।



