निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेद्वारकाे अन्तिम नामावली

निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दर्ता भएका उम्मेद्वारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ। गत आइतबार देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न दल र स्वतन्त्र उम्मेद्वारहरूले मनोनयन दर्ता गराएका थिए।

निर्वाचनका लागि दर्ता भएका उम्मेद्वारमध्ये बुधबार प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ उम्मेद्वारी फिर्ता लिएपछि कायम भएको प्रारम्भिक विवरणअनुसार प्रतिनिधिसभातर्फ जम्मा २ हजार ४१२ जनाले उम्मेद्वारी दिएका छन् भने प्रदेशसभातर्फ जम्मा ३ हजार २२४ जनाले उम्मेद्वार दिएका छन्।

प्रतिनिधिसभातर्फ २ हजार १८७ पुरुष र २२५ जना महिलाले उम्मेद्वारी दिएका छन् भने प्रदेशसभातर्फ २ हजार ९४३ जना पुरुष र २८० जना महिलाले उम्मेद्वारी दिएका छन् । अन्यमा १ जना रहेको आयोगले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप