नेपाल र ईटालीबीच व्यापार संस्कृति र पर्यटन प्रवर्द्धन गरिने

नेपाल र ईटाली उद्योग बाणिज्य संघ (एनआईसीसीआई) बीच असोज २४ गते द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा नेपालमा व्यापार विकास र यसमा लगानीबारे छलफल भएको थियो। एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालले नेतृत्व गर्नुभएको उक्त बैठकमा नेपाल, भारतका लागि ईटालीका राजदूत भिन्सेन्जो डे लुका, ईटालीको लागि कोलकाताका महावाणिज्य दूत जियानलुका रुबागोटी, ईटालीको लागि दिल्लीका महावाणिज्य दूत र ईटालीका लागि नेपालका महावाणिज्य दूत श्रीमती प्रतिमा राणा पाण्डेको उपस्थिति रहेको थियो।

एनआईसीसीआईका मानार्थ सदस्य राजेश काजी श्रेष्ठ विशेष अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो साथै एनआईसीसीआईका अन्य वरिष्ठ कार्यकारी समिति सदस्यहरू बैठकमा उपस्थित थिए।

इटालियन राजदूत भिन्सेन्जो डे लुकाले विभिन्न विकास क्षेत्रमा लगानी गर्ने चासो देखाउँदै नेपालका उद्यमी र व्यवसायहरु ईटालीमा फस्टाउनका लागि सक्दो सहयोग गर्ने बताउनुभयो।

एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालले नेपाल–इटाली उद्योग बाणिज्य संघ(एनआईसीसीआई) ले २०३० मा रोममा हुन गईरहेको ‘ग्रान्ड ईन्टरनेशनल एक्स्पो’ मा नेपाललाई हिस्सा बनाउने लक्ष्य राखेको बताउनु भयो। जलवायु परिवर्तन, विविधता र समावेशीकरणबाट खतरामा परेका क्षेत्र र समुदायहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय विकेन्द्रीकरण र गतिशीलता, आर्थिक र सामाजिक विकासको लागि डिजिटल कनेक्टिभिटी जस्ता कुराहरुबाट नेपाललाई विकास र पुनरुत्थानको क्षेत्रलाई समेट्ने लक्ष्य लिईएको छ। एनआईसीसीआईले आगामी मार्च २०२३ मा ईटालीमा आयोजना हुने ‘मिलान ट्रेड फेयर २०२३’ मा नेपाली व्यापार, उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्न प्याभिलियन राख्ने योजना बनाएको छ।

नेपाल र ईटाली साँस्कृतिक रुपमा धनी छन् र एकआपसमा आफ्ना संस्कृति आदानप्रदान गर्दै आईरहेका छन् । सन् २०१५ मा नेपालमा गएको भूकम्पपछि ईटाली र नेपालको सम्बन्धमा नयाँ आयाम थपिएको छ जसमा नेपालका लागि ईटालीले आर्थिक सहयोग जुटाएको थियो । यो बैठकले नेपाललाई ईटालीमा नेपालको व्यापार र पर्यटन प्रवर्द्धन गर्ने अवसर प्रदान गरेको छ साथै ईटालीले पनि नेपालमा व्यापार र पर्यटन प्रवर्द्धन गर्ने अवसर पाएका छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस