निर्वाचन आयोगले आज उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन गर्ने

मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारलाई निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्ने भएकाे छ। राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारको निर्वाचन चिह्न साविककै हुनेछ। स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले कुनै एउटा चिह्न दिनेछ।

आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्वाचन चिह्न वितरण गर्ने समय निर्धारण गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

त्यसअघि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ। त्यसका लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ।

अन्तिम नामावली प्रकाशित हुनुअघि कसैले आफ्नो उम्मेदवारी फिर्ता लिने भए लिनसक्ने छन्। उम्मेदवारी फिर्ता लिने समय आज बिहान १० बजेदेखि १ बजेसम्म छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप