नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व नभए राष्ट्रियता कमजोर हुने बताउनुभएको छ।
मंगलबार काठमाडौंमा एमाले क्षेत्र नम्वर ५ निर्वाचन परिचालन कमिटी घोषणा सभामा पोखरेलले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै यसका लागि एमालेलाई विजयी गराउनुपर्ने बताउनुभएको हो ।
उहाँले मुलुकको विकास र समृद्धिका लागि एमालेले पुनः नेतृत्व गर्न चाहेको धारणा राख्नुभयो । पोखरेलले अहिलेको सत्ता गठबन्धनको कुनै दृष्टिकोण र गन्तव्य नरहेको र एकमात्रै उद्देश्य एमालेलाई सिध्याउने अपराधिक गन्तव्य मात्र रहेको आरोप लगाउनुभयो ।
नेपालको राजनीति अहिले दुई ध्रुवमा बाँडिएको भन्दै त्यसमध्ये एउटा ध्रुवको नेतृत्व एमालेले र अर्को ध्रुवको नेतृत्व गठबन्धनले गरिरहेको उहाँको भनाइ थियो । पोखरेलले मंसिर चारको निर्वाचनपछि एमालेले नेतृत्व गरेको ध्रुवले मुलुकको नेतृत्व गर्ने जिकिर गर्नुभयो ।
प्रतिकृया दिनुहॊस