फाइल फाेटाे

बाँकेमा बाढी डुबानबाट ८ हजार बढी घरधुरी प्रभावित

बाँके । अविरल वर्षाका कारण बाँके जिल्लामा ८ हजार बढी घरधुरीमा बसोबास गर्ने जनता पीडित भएका छन् । जिल्लाका ८ स्थानीय तहका ८ हजार ७ सय ३ घरधुरी बाढी तथा डुबानबाट प्रत्यक्षरूपमा पीडित भएका छन् ।

बाँके जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीका अनुसार सबैभन्दा धेरै राप्ती सोनारी गाउँपालिकामा ३ हजार ५ सय , नरैनापुर गाउँपालिकामा २ हजार ६९६, डुडुवा गाउँपालिकामा १ हजार ९५०, खजुरा गाउँपालिकामा २४९, नेपालगञ्ज उपमहानगरपालिकामा २२०, बैजनाथ गाउँपालिकामा ५०, जानकी गाउँपालिकामा २० र कोहलपुर नगरपालिकामा १८ घरधुरी पीडित भएका छन् । बाढी र डुबानबाट ८ स्थानीय तहका १८१ घरधुरीमा पूर्ण क्षति र ५९८ घरधुरीमा आंशिक क्षति हुनाका साथै १ हजार १४३ घरधुरी विस्थापित हुन पुगेकाे छ ।

३७ वडाबाट २ हजार १३१ जनाको उद्धार गरिएको छ । राप्ती नदीमा आएको बाढीका कारण राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाको तल्लो तटीय क्षेत्रका जनता डुबानमा परेका छन् । गाउँपालिका–२ टिकुलीपुर गाउँका ५० घरधुरीका मानिस विस्थापित भएका छन् । राप्तीमा पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले वताएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …

प्रतिकृया दिनुहॊस