सनराइज बैंकका ब्राण्ड प्रमुख थापा ‘बैंकिङ्ग ब्राण्ड म्यानेजर अफ दि यर’ बाट सम्मानित

काठमाडौं । सनराइज बैंकका ब्राण्ड प्रमुख सुमन थापा बैंकिङ्ग ब्राण्ड म्यानेजर अफ दि यर बाट सम्मानित भएका छन् ।

आश्विन १३ गते सिजन मिडिया प्रालिद्वारा दुबईमा आयोजित एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ अन्तर्गत बैंकिङ्ग ब्राण्ड म्यानेजर अफ दि यर सनराइज बैंकका ब्राण्ड व्यवस्थापन तथा सिएसआर र मिडिया विभागका प्रमुख थापाले प्राप्त गरेका हुन् ।

उक्त अवार्ड युपिएफ एसिया प्यासिफिकका का सह–अध्यक्ष डा. रोबर्ट एस. किटेल (अमेरिका) र पूर्व मन्त्री माननियय एकनाथ ढकालले संयुक्त रुपमा थापालाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा नेपाल लगायत एसियन मुलुकका ११ जना गरी ३४ जनाले विभिन्न श्रेणीमा अवार्ड प्राप्त गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस