काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले पूर्वी नवलपरासी– १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा पुगेर कोइरालाले मनोनयन दर्ता गराएका हुन् ।
मनोनयन दर्तापछि पत्रकारसँग कुरा गर्दै उनले चुनावपछि आफू प्रधानमन्त्री बन्ने दाबी गरे । पार्टीभित्र आफूले अबको प्रधानमन्त्रीको उम्मेदवार आफू हुने कुरा गरिसकेको भन्दै उनले चुनाव जितेपछि प्रधानमन्त्री बन्ने बताए । कोइराला यसअघि तीन पटक निर्वाचित भइसकेको क्षेत्रबाट चौथो पटक चुनावी मैदानमा छन् ।
तपाईंको प्रतिकृया




