गठबन्धनबाट चुनाव लड्लान् भीम रावल र घनश्याम भुसाल ?

काठमाडौँ । नेकपा एमालेले आफ्नै दलभित्र फरक विचार राख्ने नेताहरूलाई भने पाखा लगाएपछि असन्तुष्टि बढेको छ । अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गरेका नेताहरूलाई दण्डित गरिएको हो ।

एमालेले पूर्वउपाध्यक्ष भीम रावल, पूर्वउपमहासचिव घनश्याम भुसालसहित नेताको टिकट काटिएको छ । याेसँगै उम्मेदवार छनौट प्रक्रियामा असहमति जनाउँदै केही जिल्लामा राजीनामा बढेको छ भने एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी परित्याग गरेका छन् । उनले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि आफूले पार्टी छाड्ने निर्णय गरेको घोषणा गरेका हुन् ।

अछाममा पनि भीम रावलले टिकट नपाएपछि एमाले अछामका ४० बढी नेताहरूले सामूहिक राजीनामा दिने भएका छन् । पार्टीको जिल्ला कमिटीले सर्वसम्मत रावललाई उम्मेदवार सिफारिस गर्दा समेत टिकट नदिइएको भन्दै सामूहिक राजीनामाको तयारी गरेका हुन् ।

आजै नेकपा एमाले क्षेत्रीय निर्वाचन समन्वय कमिटीका संयोजक प्रकाश शाहले राजीनामा दिइसकेका छन् । नेता रावलले समेत भोलिसम्म व्यवस्थित निर्णय लिने उल्लेख गरेका छन् ।

गठबन्धनबाट चुनाव लड्न प्रस्ताव
नेता रावल र भुसाललाई सत्ता गठबन्धनले गठबन्धनको तर्फबाट निर्वाचन लड्न आग्रह गरिएको छ । रावल अछाम १ तथा रुपन्देही १ र ३ मा सिफारिस भएका भुसाललाई ती क्षेत्रमा एमालेले अन्य उम्मेदवार उठाएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरूले रावल र भुसाल दुवैलाई आफ्नो कित्ताबाट निर्वाचन लड्न आग्रह गरेका हुन् ।

रावल र भुसाल दुवै अहिले आआफ्ना जिल्लामा छन् । भुसाल निकट स्रोतका अनुसार गठबन्धनमा आबद्ध दलका चुनाव चिह्नबाट चुनाव लड्न आग्रह गरिएको छ । नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र दुवै दलका शीर्ष नेताले चुनाव लड्न आग्रह गरेका हुन् । रावललाई पनि गठबन्धनका नेताहरूले आफ्नो कित्तामा आएर निर्वाचन लड्न आग्रह गरेको बुझिएको छ । तर रावलले मुख खोलिसकेका छैनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । प्रधान कार्यालयका अनुसार जेठ महिनाको …

प्रतिकृया दिनुहॊस