प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता ६ मध्ये दुईको शव भेटियो

काठमाडाैं । प्युठानमा पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये आज बिहान दुई जनाको शव फेला परेको छ । शव भेटिएका उनीहरूको परिचय खुल्न नसकेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।

माण्डवी गाउँपालिका–४ फरन्डीमा बमबहादुर बुढा मगरको घर माथिबाट हिजो शुक्रवार आएको पहिरोले बगाउँदा ६ जना बेपत्ता भएका थिए । बाँकी चार जनाको खोजी भइरहेको प्युठान प्रहरीले जनाएको छ ।

अहिले पनि प्युठानमा हल्का पानी परिरहेको छ । पानी परेका कारण उद्धारमा केही कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो । अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विपद् प्रतिकार्यको उद्धार टोलीले पहिरोमा पुरिएर बेपत्ता भएका चार जनाको खोजी गरिरहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गृहमन्त्री लामिछानेलाई कारबाही माग गर्दै धनराज गुरुङले दिए निवेदन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि …

प्रतिकृया दिनुहॊस