विजया दशमीको भोलिपल्ट नेपाल पुग्दै सन्दीप, भन्छन्- निर्दोष छु

काठमाडौँ । नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफू असोज २० (अक्टोबर ६)मा नेपाल आइपुग्ने बताएका छन् । उनले केही बेरअघि सामाजिक सञ्जालमार्फत नेपाल आइपुग्ने बताएका हुन् ।

नेपाल आएर आफूमाथि लागेका झुटा आरोपविरुद्ध कानुनी लडाइँ लड्ने उनले बताए । ‘बलियो आशा र शक्तिका साथ म अक्टोबर ६ मा गृह देश नेपाल आइपुग्दै छु,’ उनले भनेका छन्, ‘नेपाल आएर झुटा आरोपविरुद्ध कानुनी लडाइँ लड्नेछु ।’

उनले आफू निर्दोष रहेको न्याय प्रणालीमा आफ्नो पूर्ण विश्वास रहेको बताएका छन् । साथै उनले आफूमाथि निष्पक्ष व्यवहार हुने विश्वास गरेका छन् । ‘छिटो भन्दा छिटो न्याय पाउनेमा आशावादी छु,’ उनले भनेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री