गल्फ लुब्रिकेन्ट्सले दसैँमा कार र मोटरसाइकलको निःशुल्क ‘चेकअप क्याम्प’ सञ्चालन गर्ने

काठमाडाैं । नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दसैँमा निःशुल्क सवारी चेक क्याम्प सञ्चालन गर्ने भएको छ ।

दसैँमा घर जाने यात्रुलाई मध्यनजर गर्दै कम्पनीले चार पांग्रे र दुई पांग्रे सवारीसाधनको फ्रि चेक क्याम्प आयोजना गर्ने भएको हो। कम्पनीका अनुसार क्याम्प असोज १३ देखि १५ सम्म आयोजना हुनेछ ।

कम्पनीले भनेको छ, ‘नेपालीको महान चाड दशैंको अवसरमा हामीमध्ये धेरैजना सडकबाट निजी सवारी साधनमा घर फर्किनेछौँ। सो यात्रा आरामदायी बनाउन हामीले महत्वपूर्ण ठाउँहरु पहिचान गरी, त्यहाँ फ्रि चेकअप क्याम्प आयोजना गर्दै छौँ।’

मलेखु, हेटौंडा, कावासोती, खुर्कोट, बर्दिवास, कोहलपुर, अटरिया, लौकी इटहरीमा चम्प स्थापना गरिएको छ । सो क्याम्पमा कम्पनीले गल्फ इन्जिन आयलमा १० प्रतिशतसम्म छुट र स्पेयर पार्ट्समा १० प्रतिशतसम्म छुट पनि दिनेछ ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोमबार पनि ओरालो लाग्यो शेयरबजार

काठमाडौं । साताको दोस्रो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से ५७.९९ अंकले घटेको छ । …

प्रतिकृया दिनुहॊस