रविन्द्र मिश्र स्वस्तिवाचन र शंखघोषसहित राप्रपा भित्रिए, वरिष्ठ उपाध्यक्षको पद

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । आज बुधवार काठमाडौँमा एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा बटुकहरूले स्वस्तिवाचन र शङ्खघोष गरेका थिए । राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता भएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् ।

यसअघि सोमवार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए । मिश्र काठमाण्डौ क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस