दशैंमा बिजबजारको दश कोसेली : सामान किन्दा पाइन्छ ७८ % सम्म छुट

काठमाडाैं । नेपाली ई–कमर्श प्लेटफर्म बिजबजारले दशैंको अवसरमा ‘दशैंमा दश कोसेली’ अफर सञ्चालन गरेको छ । घटस्थापनाको दिनदेखि शुरू गरेको सो अफरअन्तर्गत हामी नेपाली ब्राण्डको नेपाली उत्पादनहरू किन्दा ग्राहकलाई आकर्षक उपहार दिइने कम्पनीले जनाएको छ ।

नेपाली उत्पादनको प्रयोग र बजारीकरणलाई प्रोत्साहन गर्न कम्पनीले यो योजना सार्वजनिक गरेको हो । कम्पनीले फेसबूक पेज र इन्स्टाग्राममार्फत सो अफरबारे जानकारी पनि दिइरहेको छ । सोमवार पहिलो दिन यस अफरअन्तर्गत ग्राहकको आकर्षण राम्रो पाइएको कम्पनीको भनाइ छ ।

कम्पनीले अर्को एक क्याम्पेन पनि शुरू गरेको छ । कम्पनीले ‘गेस द कोसेली’ क्याम्पेन सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार, यसमा सहभागी हुनका लागि शुरूमा कम्पनीको आधिकारिक फेसबूक र इन्स्टाग्राममध्ये कुनै एकमा जानु पर्ने हुन्छ । त्यहाँ कम्पनीले कुनै सामानको बारेमा केही जानकारी दिएर अब त्यो सामान चिन्नुहोस् भन्ने आषय प्रस्तुत गर्दछ ।

ग्राहकले कम्पनीको वेबसाइटमा गएर त्यो सामान चिनेर त्यसको स्क्रिनशट सो प्रश्नको कमेन्ट बक्समा सेन्ट गर्नुपर्ने हुन्छ । यसो भएपनि उत्तर मिलाउनेमध्ये एक जनालाई कम्पनीले सोही सामान उपहार दिनेछ ।

कम्पनीले निश्चित समयसम्म सामान अर्डर गर्ने ग्राहकहरूमध्ये एकलाई केही सप्राइज गिफ्ट पनि दिने जनाएको छ । कम्पनीले यसअघि भव्य उत्सव नामको चाडपर्व लक्षित क्याम्पेन पनि अगाडि बढाएको छ । सो क्याम्पेनअन्तर्गत कम्पनलिे मेगा बम्पर प्राइज दिनेछ । यस पुरस्कार अन्तर्गत एमआई ६५ इन्च अल्ट्रा फोके टिभी र एमआई साउण्ड बार, रियलमी ९ प्रो प्लस ५जी, स्यामसङ सिंगल डोर रेफ्रिजेरेटर १९२ लिटर, भव्य उत्सवमा ७८ प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ ।

यस्तै सामान खरिद गर्ने ग्राहकका लागि घटस्थापनादेखि २३ गतेसम्म निशुल्क होम डेलिभरीको सुविधा समेत रहेको कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस