बढी भाडा असुल्ने १६ जना बसपार्क र कोटेश्वरबाट पक्राउ

काठमाडौँ । चाडपर्वको समयमा यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जना पक्राउ परेका छन् । ट्राफिक प्रहरीकाअनुसार उनीलाई काठमाडौँको कोटेश्वर र नयाँबसपार्कबाट बिहान पक्राउ परेका हुन् ।

पक्राउ परेका सबैलाई प्रहरी प्रभाग कोटेश्वर र गंगबुमा राखिएको छ । आज बिहान उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले काटेश्वरबाट ८ जना र नयाँबसपार्कबाट ८ जनालाई पक्राउ गरेको हो ।

चाडपर्वको समयमा यात्रुहरूलाई अनावश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता विभिन्न गतिविधि गर्ने कार्यमा संलग्न रहेका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्दै आएको छ । पक्राउ परेका उनीहरूमाथि आवश्यक अनुसन्धान गरी कानुन बमोजिम कारबाही गर्ने तयारी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री