सल्यान जिप दुर्घटना : मृतक आठै जनाको पहिचान खुल्यो

काठमाडाैं । सल्यानको कपुरकोटमा जिप दुर्घटनामा मृत्यु भएका सबै ८ जनाको पहिचान खुलेको छ । बाँकेको ढकेरीबाट छुटेको जिप राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका-३ मूलपानी नजिक बुधबार बिहान साढे ३ बजे दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।

सल्यान प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा धेरैजसो कपुरकोट गाउँपालिका वडा नम्बर ६ का छन् । जसमा जिप चालक जलवाङका २१ वर्षीय जितबहादुर बोहोरा, ३७ वर्षीय धर्मा ओली, ४० वर्षीय टोपबहादुर ओली र उनका छोरा ११ वर्षीय वसन्त ओली छन् । यस्तै, कपुरकोट गाउँपालिका ६ कै ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षकी कुमारी ओली र कपुरकोट गाउँपालिका ५ का ३५ वर्षीय ललित ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

दुर्घटनामा परेको रा १ ज ५६३ नम्बरको जिपमा जम्मा ९ जना सवार थिए । तीमध्ये एक जना घाइते भएका छन् । दुर्घटनामा घाइते कपुरकोट ६ का ३५ वर्षीय तिलक ओलीको उपचार प्रादेशिक अस्पताल (दाङ तुलसीपुर) मा भइरहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि कपुरकोट गाउँपालिकाको एम्बुलेन्समा दाङ लगिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस