काठमाडौँ । सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।
ट्राफिक कार्यालय कपुरकोटका प्रहरी सहायक निरीक्षक डिल्लीप्रसाद आचार्यका अनुसार मूलपानीनजिकै बिहान २ बजे जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा मृत्यु भएका कसैको परिचय खुल्न सकेको छैन ।
जीप सडकदेखि करिब दुई सय मिटर तल खोँचमा खसेको छ । गाडीमा नौ जना सवार रहेको प्रहरीको अनुमान छ । एक घाइतेलाई उपचारको लागि दाङ लगिएको छ ।
तपाईंको प्रतिकृया




