एनसिसी र कुमारी बैंकले गरे मर्जर सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंक र कुमारी बैंकले एक आपसमा गाभिने (मर्जर) सम्झौता गरेका छन् । दुवै बैंकले सोमबार मर्जरमा जाने सम्झौता गरेका हुन् ।

सम्झौतामा एनसिसीका मर्जर कमिटी संयोजक चन्द्र बास्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्ण प्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन् । दुवै बैंक सेयर स्वाप रेसियो १:१ हुने गरी मर्जरमा जान लागेका हुन् ।

यसर्थ एनसिसी बैंकको एक कित्ता सेयर हुनेको मर्जरपछि कुमारी बैंकको एक कित्ता नै सेयर हुनेछ । मर्जरपछि कुमारी बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

हाल एनसिसी बैंकको चुक्ता पुँजी ११ अर्ब १३ करोड रुपैयाँ छ भने कुमारी बैंकको १४ अर्ब ७१ करोड रुपैयाँ छ । मर्जपछि बन्ने बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ पुग्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराइज बैंकद्वारा विराटनगरमा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ। विराटनगर …

प्रतिकृया दिनुहॊस

This will auto close after