सनराइज बैंकको १५औं वार्षिक उत्सवको अवसरमा रक्तदान

काठमाडाैं । सनराइज बैंकले स्थापनाको १५औं वर्ष पूरा गरेको छ। बैंकले १५औं वार्षिक उत्सवको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गर्ने क्रममा आश्विन ८ गते शनिवार साइकल र्या ली गरेको छ।

‘स्वच्छ वातावरण स्वस्थ जीवन’ भन्ने नाराको साथ आयोजित उक्त कार्यक्रम गैरिधारास्थित सनराइज बैंकको प्रधान कार्यालयबाट सुरु भई काठमाडौं र ललितपुरका विभिन्न टोल हुँदै पुःन प्रधान कार्यालयमै आएर समापन भएको थियो।

३५० जना भन्दा बढीको उत्साहपूर्ण सहभागिता रहेको उक्त कार्यक्रमले वातावरण संरक्षण र स्वस्थ रुपमा जीवन बाच्न सन्देश समेल दिएको थियो। यसैगरी सनराइज बैंकले आश्विन ९ गते आइतवार रक्तदान कार्यक्रम समेत गरेको छ।

विभिन्न सामाजिक तथा अन्य कार्यक्रमहरु गरी आफ्नो १५ औं वार्षिक उत्सव मनाइरहेको सनराइज बैकले ८ लाख भन्दा बढी ग्राहकहरुलाई १३९ वटा शाखा, ९७ वटा शाखा रहित बैंकिङ्ग, १३ वटा एक्सटेन्सन काउन्टर र १५९ वटा एटिएम वाट सेवा प्रधान गर्दै आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस