काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको हो ।
जापानको टोकियोमा दशैंको टीकाको उत्तम साइत ५ अक्टोबर १० बजेर ३९ मिनेटमा रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. माधव भट्टराईले जानकारी दिए । उनका अनुसार टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि शुभसाइत दिइएको हो । नेपालमा भने असोज १९ गते बिहान ११ बजेर ५१ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत छ ।
भारतको देहलीमा ५ अक्टोबरको दिन बिहान ११ बजेर ४५ मिनेटमा टीकाको उत्तम साइत निर्धारण गरिएको छ । अमेरिकाको न्यूयोर्क, केन्टुकी, टेक्सास र क्यालिफोर्नियामा बसोबास गर्दै आएकाहरुका लागि ४ अक्टोबरको दिन अलग-अलग साइत जुराइएको छ ।
न्यूयोर्कमा बिहान ११ बजेर ११ मिनेटमा, केन्टुकीमा बिहान ११ बजेर ५५ मिनेटमा, टेक्सासमा ११ बजेर ३५ मिनेटमा र क्यालिफोर्नियामा बिहान ११ बजेर ४५ मिनेटमा दशैंको टीका लगाउने उत्तम साइत रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
हेर्नुहोस् विभिन्न देशमा टीकाको उत्तम साइत ?




