कांग्रेसको घोषणा पत्रका लागि ६ तरिकाले सुझाव दिन सकिने

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा सुझावका लागि सार्वजनिक अपिल गरेको छ । कांग्रेसको घोषणा पत्र तयारी समितिले शनिबार विज्ञप्ति मार्फत सुझावका लागि सार्वजनिक अपिल गरेको हो ।

‘नेपाली कांग्रेसको घोषणा पत्र निर्माणका क्रममा आन्तरिक छलफलदेखि ‘प्रत्यक्ष सार्वजनिक संवाद’ सुरु गरिसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ”यस्तो बन्नुपर्छ कांग्रेसको घोषणा पत्र’ भनेर विविध धारणा राख्नु हुने सबैको सुझाव लिने निर्णय घोषणा पत्र तयारी समितिले गरेको छ ।’

घोषणा पत्रमा सुझाव दिन चाहनेले विभिन्न प्रविधिको प्रयोग गरेर सुझाव दिन सकिने समितिले जनाएको छ । स्वदेश र विदेशमा रहने नेपाली कांग्रेसका सदस्य, समर्थक, शुभेच्छुक सबैले सुझाव पठाउन ह्वाट्स एप, भाइबर, इमो अथवा क्यूआर कोड स्क्यान गरेर पनि सुझाव पठाउन सकिनेछ । 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री