काठमाडाैँ । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक पुनःसञ्चालन भएको छ । गएराति १२ बजे भरतपुर महानगरपालिका-२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहान ६:३० बजेदेखि सञ्चालन भएको हाे ।
चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयकाअनुसार अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । रातभर सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको चाप बढी भएकाले लेन अनुशासन पालना गरेर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।
चाडपर्व नजिकिएका कारण पनि नारायणगढ-मुग्लिन सडकमा सवारी साधनको चाप बढी छ । यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौं पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।
तपाईंको प्रतिकृया




