आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने मौका

काठमाडाैं । आइएमई पे र फोन पेबीच समझदारी भएको छ । सम्झौतापत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराइ फोनपेका तर्फबाट बिज्नेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार क्युआर स्क्यानमा रू. १,००,००० सम्म जित्न सकिने अवसर हुनेछ भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ ।

चाडपर्वको अवसर पारी फोनपेले दशैँमा १० दिनको र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको जनाएको छ । यसको साथै यही असोज १४ गते पर्ने आइएमई पेको ‘क्युआर डे’ मा प्रयोगकर्ताहरुले आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १०% छुट (अधिकतममा रु. १००) पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले विदेशी मुद्रा सिफारिस नदिँदा भुक्तानी बाँकी छ, हामीमाथि विभेद भयो : इस्पान

काठमाडौं । इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान)ले सरकारले विभेदकारी नीति अँगालेको आरोप लगाएको छ । …

प्रतिकृया दिनुहॊस