ईयूले हटाउँला हट्ला त नेपालमाथिको प्रतिबन्ध ?

काठमाडाैँ । हवाइ क्षेत्रबारे अडिट गर्न दशैंपछि युरोपेली युनियन (इयू) को टोली नेपाल आउने भएको छ । नागरिक उड्डयन प्राधिकरणकाअनुसार उक्त टोली आठ वर्षपछि नेपाल आउन लागेको हो ।

यसअघि सन् २०१३ मा अडिटकै लागि नेपाल आएको थियो । उक्त प्राविधिक टोलीले पाँच दिनसम्म अडिट गर्ने प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । यद्यपि त्यसको मिति तय भइनसकेको उनको भनाई छ । उनकाअनुसार टोलीले लेजिस्लेसन, अर्गनाइजेसन, पर्सनल लाइसेन्सिङ, फ्लाइट अपरेशन, एयर वर्थनेसन, एक्सिडेन्ट इन्भेस्टिगेसन, एयर नेभिगेसन सर्भिस, एरोड्रोम एण्ड ग्राउन्ड एड्सलगायत आठ क्षेत्रमा अध्ययन गर्नेछ ।

यससँगै हवाइ क्षेत्रलाई निरन्तर कालो सूचीमा राखेको इयूले नेपाललाई सूचीबाट हटाउने संकेत देखिएको उनले बताए । ‘आइकाओको रिपोर्टमा हामी ग्लोबल एभरेजभन्दा माथि छौं । त्यसकारण इयूको यो टोलीको अडिटपछि कालो सूचीबाट हटेर नेपाली वायुसेवा कम्पनीले युरोपमा उडान गर्न पाउनेछ’ उनले भने ।

नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले डिसेम्बर २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो । यसअघि आइकाओले गरेको पछिल्लो अडिटमा नेपाली आकाश सुरक्षित देखिएको छ ।

आइकाओको सेफ्टी अडिटमा नेपालले ७०.१ प्रतिशत अंक पाएको थियो । आइकाओको टिमले १३ अप्रिलदेखि २५ अप्रिलसम्म विस्तृत अध्ययन तथा मूल्यांकन गरी नेपाली उड्डयन क्षेत्रको सुरक्षा स्कोर बढेको रिपोर्ट प्राधिकरणलाई बुझाएको थियो । आइकाओले नेपालको हवाइ क्षेत्र सुरक्षित रहेको बताए पनि इयूले कालो सूचीबाट नेपाललाई हटाएको छैन ।  प्राधिकरणले पनि पटक-पटक नेपाललाई कालो सूचीबाट हटाउन माग गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइतबार सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार …

प्रतिकृया दिनुहॊस