अब जुम्लाले राष्ट्रको नेतृत्व गर्छ : ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाले राष्ट्रको नेतृत्व गर्ने बताएका छन् । चुनावी प्रचारका क्रममा कनकासुन्दरी गाउँपालिका पुगेका शाहीले सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले बुधबार कनकासुन्दरी रिया, बोता र भुल-भुलेमा घरदैलो कार्यक्रम गरेका थिए । ‘अब जुम्ला बोल्छ, जाग्छ र यो राष्ट्रको नेतृत्व गर्छ,’ उनले भने, ‘स्याउ, मार्सी, सिमी र जडीबुटीको निर्यात हुन्छ । सिङो मुलुकको समृद्धिमा टेवा दिन्छ ।’

जुम्लाबाट प्रतिनिधिसभा उम्मेदवार बन्ने घोषणा गरेका शाही अहिले चुनावी प्रचारमा छन् । जुम्ला उनको गृह जिल्लासमेत हो । उनले उम्मेदवारी घोषणा गरेसँगै जिल्लामा राजनीतिक सरगर्मी बढेको छ । ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक शाही गत फागुनमा राप्रपा प्रवेश गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंको थलीमा शव भेटियो, अनुसन्धानमा प्रहरी

काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरास्थित थलीमा एक पुरुषको शव फेला परेको छ । मंगलबार बिहान साढे पाँच बजे शंकास्पद अवस्थामा शव फेला परेको हो ।

प्रतिकृया दिनुहॊस