आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने प्रक्षेपण

काठमाडाैं । एसियाली विकास बैङ्क (एडीबी)ले सन् २०२२ मा ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने संशोधित अनुमान गरेको छ । यसअघि एडीबीले यस वर्षका लागि ३.९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

सन् २०२३ का लागि एडीबीले आर्थिक वृद्धिदर घटाएको छ । यसअघि नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने अनुमान गरेको एडीबीले एसियन डेभलपमेन्ट आउटलुक, २०२२ को अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत (बजार मूल्य) पुग्ने प्रक्षेपण गरेको हो । एडीबीले विदेशी विनिमय सञ्चितिमा आएको गिरावट, मुद्रास्फीति, आयात प्रतिबन्धजस्ता कारणले सन् २०२३ मा नेपालको वृद्धिदर केही घट्ने प्रक्षेपण गरेको जनाएको छ ।

मुद्रास्फीति भने सामान्य घट्ने सो प्रतिवेदनमा उल्लेख छ, जसअनुसार सन् २०२२ मा ६.३ प्रतिशत र २०२३ मा ६.१ प्रतिशत पुग्ने अनुमान गरिएको छ । खासगरी कडा मौद्रिक नीति, सामान्य किसिमको कृषि उत्पादन, खानेतेलको मूल्य घटेको र भारतमा समेत मुद्रास्फीतिमा सामान्य गिरावट आएकाले चालू आर्थिक वर्ष मुद्रास्फीति थोरै भए पनि घट्ने अपेक्षा गरिएको छ । -गोरखापत्र दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस