ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

राधी विद्युत् कम्पनीको हकप्रद शेयर बिक्री खुला

काठमाडौं । राधी विद्युत कम्पनीले बुधबारदेखि १ः१.४७५२ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो ।

राधीले हकप्रद शेयर बिक्रीका लागि गत १२ भदौमा बुक क्लोज गरिसकेको छ । तसर्थ, भदौ ११ गतेसम्म कायम शेयर धनीले कम्पनीले जारी गरेको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

राधीको हकप्रद शेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिने छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर र लमजुङको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै, मेरो शेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिने छ । हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ भन्दा बढी रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल अवसरको खानी हो, लगानी गर्नुस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै …

प्रतिकृया दिनुहॊस