काठमाडौं । मेगा बैँक नेपालले पर्साको सखुवाप्रसौनी गाँउपालिका वडा नम्बर २ र पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनीहारमा शाखारहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ मा सोही गाँउपालिकाकी उपाध्यक्ष फुलकुमारी थरुनी तथा मेगा बैँक नेपाल लिमिटेड बीरगंज आदर्शनगरका शाखा प्रबन्धक यशपालकुमार टिब्रेवालले संयुक्त रुपमा सेवा सुरु गरे । यसैगरी, पर्सागढी नगरपालिका वडा नं. ३ मा शाखारहित सेवाको उद्घाटन गरे ।
तपाईंको प्रतिकृया




