पार्किङ गरेर राखिएको कारभित्र एक व्यक्तिकाे शव फेला

काठमाडौं ।  काठमाडौँको स्वयम्भूमा रोकिराखेको निजी गाडीमा एकजनाको शव भेटिएको छ । बुधबार राति गस्तीमा हिँडेको प्रहरी टाेलीले शंका लागेर कारभित्र हेर्दा शव भेटिएको  महानगरीय प्रहरी वृत स्वयम्भूले जनाएकाे छ ।

पार्किङमा राखिएकाे बा ८ च ७०२१ नम्बरको ‘स्विफ्ट कार’भित्र मृतककाे शव फेला परेको हो । उनी काठमाडौको नैकापका ३२ वर्षे श्याम श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री