एनएमबी बैंकले प्लाष्टिकरहित दशैं लक्षित बजार आयोजना गर्ने

काठमाडौँ । एनएमबि बैंकले नेपाली बैंकिङ्ग जगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवर्द्धन र प्रोत्साहन हुने गरी प्लाष्टिकरहित बजारको आयोजना गर्न लागेको छ ।

एनएमबि बैंकले नेपालीहरुको महान चाड दशैँ र तिहारलाई लक्षित गरी उक्त बजार आयोजना गर्न लागेको छ, जसमा ६० भन्दा बढी स्टल राख्ने जानकारी गराएको छ । एनएमबि बैंकले आफ्ना ग्राहक वर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई ग्राहकको उत्पादनलाई बजारमा प्रवद्र्धन गर्न सहज होस् भन्ने उद्देश्यका साथ सम्पूर्ण आवश्यक सामग्री एकै स्थानमा उपलब्ध हुने गरी यस बजार आयोजना गर्न लागेको जनाएको छ ।

बजारमा जुत्ता, लताकपडा, चिया, केक, ह्याण्डीक्राफ्ट, साबुन, सर्फ, झोलालगायत दैनिक जीवनमा आवश्यक सामान क्युआर/पोस मार्फत सहूलियत मूल्यमा खरिद गर्न सकिने जानकारी गराइएको छ । एनएमबि बैंकले यही असोज ८ गते, शनिवारको दिन सानेपा स्थित हेरिटेज गार्डेनमा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म आयोजना गर्ने उक्त बजारमा सम्पूर्ण ग्राहकलाई आमन्त्रणसमेत गरेको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ बाट सम्मानित भइसकेको छ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टर मार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री