आईएमइपेका ग्राहकले फोनपे क्यूआर मार्फत भुक्तानी गर्दा क्यासब्याक पाउने

काठमाडाैँ । आईएमईपेका ग्राहकले आईएमइपेको मोबाइल एप्स्मार्फत फोनपको क्यूआरबाट भुक्तानी गर्दा दश प्रतिशतसम्म अथवा बढीमा सय रुपैयाँसम्म क्यासब्याक पाउने भएका छन् । भुक्तानी प्रणाली सञ्चालक फोनपे र आईएमईपेका ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने गरी सम्झौता भएको हो ।

सम्झौता पत्रमा आइएमइपेका सिइओ अमोद भट्टराई र फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट प्रमुख रुशान्त श्रेष्ठले हस्ताक्षर गरे । यो योजना असोज ७ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ । कम्पनीका अनुसार नेपालीहरुको महान चाड दशैँमा किनमेल गर्न केही सुलभ होस् भन्ने उदेश्यले यो योजना ल्याइएको हो। फोनपेले आफ्ना मर्चेन्ट तथा प्रयोगकर्तालाई लक्षित् गर्दै विभिन्न योजना सञ्चालन गर्दै आइरहेको छ ।

फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन् ।

एक करोड ५० लाख भन्दा धेरै मोबाईल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ । भुक्तानी सेवा प्रदायक आईएमइपे मार्फत विभिन्न किसिमका भुक्तानी तथा किनमेल गर्न सकिन्छ। खल्ती मार्फत मोबाइल रिचार्ज, बिजुली, खानेपानीको महशुल लगायतका थुप्रै सेवाको भुक्तानी तथा किनमेल गर्न सकिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री