हाम्रो पात्रो रेमिट र कनेक्ट आईपीएसबीच सम्झौता

काठमाडाैँ । नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले कनेक्ट आईपीएससँग सम्झौता गरेको छ । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एप देश तथा विदेशमा निकै नै लोकप्रिय छ ।

हाम्रो पात्रोभित्र रहेको रेमिट्यान्स सर्भिसको माध्यमबाट हाल अमेरिकाबाट सजिलै नेपाल पैसा पठाउने सुविधा रहेको छ । यस सेवालाई प्रभावकारी बनाउन हाम्रो पात्रोले कनेक्ट आईपीएससँग सम्झौता गरेको हो । जसअनुसार लाभार्थीको बैंक खातामा सिधै रकम जम्मा गरिन्छ भने यसले हाम्रो पात्रो रेमिटलाई सिधै बैंक खातामा आधारित रेमिट्यान्सका लागि सहज बनाउनेछ र सेवा प्रवाहमा उल्लेखनीय सुधार ल्याउनेछ भन्ने पूर्ण विश्वासका साथ यो सम्झौता गरिएको हो । हाम्रो पात्रो रेमिटका निमित्त सीईओ सुदिना गौतम र एनसीएचएलका सीईओ निलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यस अवसरमा हाम्रो पात्रो रेमिट सीईओ सुदिना गौतमले प्रयोगकर्तालाई विश्वास र समर्थनका लागि धन्यवाद दिँदै रेमिट सेवालाई अझै बढी प्रभावकारी बनाउनेमा जोड दिइने बताइन् । तत्कालका लागि रेमिट्यान्स पठाएको दुईदेखि तीन दिनमा नेपाली बैंकको खातामा रकम जम्मा हुन्थ्यो भने अब कनेक्ट आईपीएसको माध्यमबाट लाभार्थीको बैंक खातामा केही घण्टाभित्र रकम जम्मा भइसक्नेछ ।

हाम्रो पात्रो रेमिट, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त रेमिट्यान्स कम्पनी हो र यसले नयाँ प्रविधि प्रयोग डिजिटल रेमिट्यान्सको माध्यमबाट नेपालमा अमेरिकाबाट पैसा भिœयाइरहेको छ र छिट्टै नै अन्य देशमा पनि रेमिट्यान्स सुविधा सुरु गर्दै छ । रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफर सार्वजनिक गरेको छ । जसअनुरूप प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीनपटकसम्म निःशुल्क रूपमा रेमिट्यान्स नेपाल पठाउन सक्नेछन् ।

प्रयोगकर्ताले हाम्रो पात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रो पात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ । साथै, यहाँ क्लिक गरेर वेभसाइटबाट समेत हाम्रो पात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री