काठमाडाैं । नेपाली बजारमा सोमबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा आइपुगेको छ । त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९० हजार ९ सय रुपैयाँमा झरेको छ ।
सोमबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ११७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईंको प्रतिकृया



