स्प्राइट रिफ्रेस बनायो, रिर्चाज गरायो योजना ४ लाख भन्दा बढी विजेताका साथ सम्पन्न

काठमाडौं। श्रावन ७ गते शुरु भएको स्प्राइट रिफ्रेस बनायो, रिर्चाज गरायो योजना भाद्र १५ गते सफलतापूर्वक सम्पन भएको छ । यस क्याम्पेनमा सहभागीहरुले रु १० देखि रु ५००० सम्मको रिचार्ज टकटाइम जित्न सकिने अफर राखिएको थियो । यस क्याम्पेनमा ४ लाख ३० हजार भन्दा बढी उपभोक्ताहरुले रिचार्ज टकटाईम जित्न सफल भए ।

यो योजना स्प्राइट, कोकाकोला र फान्टाका ५०० एमएल, १.५ लिटर तथा २.२५ लिटरका पेट बोटलको खरिदमा लागू गरिएको थियो ।

कोकाकोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भन्नुभयो ‘स्प्राइटद्वारा संचालित यस क्याम्पेनमा उपभोक्ताहरुको बड्दो सहभागिता देखेर हामी निकै उत्साहित भएका छौ, जहा उपभोक्ताहरुले रिफ्रेस हुनुको साथै तुरुन्त उपहारहरु जित्नसक्नुभएको थियो ।

हामी यस क्याम्पेनमा भागलिने सम्पूर्ण उपभोक्ताहरुलाई धन्यबाद दिन चाहन्छौ । साथै यस क्याम्पेनको सफलताको श्रेय हामी हाम्रा सबै रिटेल पार्टनर तथा क्याम्पेन सँचालन पार्टनहरुलाई दिन चाहन्छौ जसको सहायताले मात्र यो उत्कृष्ट क्याम्पेन सफल हुन सकेको होे।’

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १३,७९,३५० कित्ता साधारण …

प्रतिकृया दिनुहॊस