भिभोद्वारा नेपालमा दुई स्मार्टफोन वाई३५ र वाई २२ सार्वजनिक

काठमाडाैं । भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरु वाई३५ र वाई२२ आज नेपालमा सार्वजनिक गरेको छ । वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरुमा फ्ल्यागसिप अनुभव प्रदान गर्नका लागि परिचित छन् र हालै सार्वजनिक भएका यी दुवै स्मार्टफोनले पनि फ्ल्यागसिप अनुभव प्रदान गर्नेछन् ।

स्टाइलिस तथा आकर्षक भिभोको नयाँ स्मार्टफोन वाई ३५ र वाई२२ पनि युवाहरुको रोजाइमा पर्ने उत्कृष्ट स्मार्टफोन हुनेछन् । नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका सीईओ माइकलले भने, ‘हाम्रो प्रसिद्ध वाई सिरिजका साथ भिभोले नेपाली युवाहरुको आवश्यकतालाई निरन्तरता पूरा गर्दै आइरहेको छ । यसको उत्कृष्ट विशेषताहरु र उचित मूल्य निर्धारणको कारण प्रयोगकर्ताहरुले वाई श्रृंखलालाई मन पराएका छन् । हामीले भिभो वाई३५ र वाई२२ नेपालमा उपलब्ध गराएका छौँ । जसमा उत्कृष्ट र आकर्षक प्रविधिहरु समावेश छन्। हालै सार्वजनिक भएका यी स्मार्टफोन ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर बनाइएका छन्, र यसले विशाल ब्याट्री, स्टाइलिस डिजाइन, अद्भूत क्यामेरा र थप विशेषताहरुका साथ असाधारण अनुभव प्रदान गर्दछ ।’

स्टाइल र प्रविधिको उत्कृष्ट संयोजनको रूपमा भिभो वाई३५ ले उद्योगमा आकर्षक विशेषताहरु प्रदान गर्दछ। यसले प्रयोगकर्ताहरुलाई थप सहज र निर्वाध अनुभवका लागि विस्तारित र्याम ३.० अर्थात ८जीबी र्याममा थप ८जीवी सम्म एक्सटेन्ड गर्न मिल्ने सुविधा दिन्छ, र एउटा एपबाट अर्कोमा बिना कुनै झन्झट सहजै स्विच गर्न सकिन्छ। यसमा ५०००एमएएच ब्याट्री रहेको छ जसलाई ४४वाट फ्ल्यासचार्जले समर्थन गर्दछ ।

यो स्मार्टफोनले शक्तिशाली कार्यसम्पादन सुनिश्चित गर्दछ। यसको ५० एमपी ट्रिपल रियर क्यामेराले उत्कृष्ट क्यामेरा क्षमताहरु प्रदान गर्दछ र उच्च गुणस्तरिय तस्विरहरु खिच्छ र व्यावसायिक क्यामेरा जस्तै ठूलो सेन्सरको प्रयोगले आवश्यक प्रकाश प्रदान गर्दछ । यसमा सुपर नाइट क्यामेरा विशेषताहरु छन् जसले प्रयोगकर्ताहरुलाई कुनै समस्या बिना नै रातको सुन्दर दृश्यहरु खिच्न मद्दत गर्दछ र बोकेह फ्लेयर पोट्र्रेटले मल्टि–फ्रेम डिनोइजिङ र एआई ब्राइटनिङ टेक्नोलोजीका साथ स्पष्ट र आश्चर्यजनक पोट्र्रेटहरु खिच्न मद्दत गर्दछ ।

भिभो वाई२२ ले प्रयोगकर्ताहरुलाई आकर्षक विशेषताहरुको साथ अर्को उत्कृष्ट विकल्प प्रदान गर्दछ । वाई२२ मा मिडियाटेक हेलियो जी८५ प्रोसेसर रहेको छ जसले शक्तिशाली र स्मुद कार्यसम्पादन प्रतिज्ञा गर्दछ । यो स्मार्टफोन १८वाट फास्ट चार्जको साथमा शक्तिशाली ५०००एमएएच ब्याट्रीद्वारा संचालित छ । वाई२२ मा ५०एमपी रियर क्यामेरा छ जसबाट स्पष्ट, आश्चर्यजनक र ब्राइट तस्बिरहरु लिन सकिन्छ । वाई२२ मा सुपर नाइट क्यामेरासँगै भिडियो फेस ब्यूटी र मल्टी स्टाइल पोट्र्रेटलगायत विभिन्न क्यामेरा विशेषताहरु पनि उपलब्ध छन् ।

भिडियो फेस ब्यूटी फिचरले सेल्फी वा भिडियोलाई अझ आकर्षक बनाउँछ। त्यस्तै मल्टी स्टाइल पोट्र्रेटले धेरै पोट्र्रेट स्टाइलहरु समावेश गर्दछ । दुबै वाई३५ र वाई२२, वाई सिरिजका नयाँ स्मार्टफोनहरु हुन् । जुन मिनिमलिस्ट स्टाइलका छन् र एजी सर्फेशका कारण होल्ड गर्न सहज छन्। २.५डी कर्भेचरको साथमा फ्ल्याट फ्रेम डिजाइनले गर्दा स्मार्टफोनमा सुन्दरता थप्छ । यसका साथै, दुवै उपकरणहरुमा फेस वेक सुविधाको साथ साइड फिंगरप्रिन्ट स्क्यानर छ ।

वाई३५ (८जीवी प्लस १२८जीवी) दुई ट्रेन्डी कलर भेरियन्ट- एगेट ब्ल्याक र डन गोल्ड कलरमा रु. ३० हजार ९९९ मा उपलब्ध छ। त्यस्तै ४जीबी र्याम र ६४जीबी रोम भएको वाई२२ स्टारलिट ब्लू र मेटाभर्स ग्रिन कलरमा रु. २२ हजार ९९९ मा उपलब्ध छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप