काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई एमालेले पूरक प्रश्न नसोध्न प्रस्ताव गरेको छ । महाअभियोग सिफारिस समितिको बैठकमा पूरक प्रश्न नगरेर थप कागजात सङ्कलन गर्ने प्रस्ताव गरेको हो ।
सिफारिस समितिका सदस्य रहेका एमालेका सांसद कृष्णभक्त पोखरेलले थप प्रमाण जुटाउन प्रस्ताव राखेका हुन् । ‘सुरुमा विगतमा चोलेन्द्रले बोलेका विषयका सन्दर्भमा समितिले गरेको अभिलेखमा जबरालाई हस्ताक्षर गराऔँ, । आवश्यक प्रमाण सङ्कलन गरौँ, डकुमेन्टहरू मगाउनुपर्ने भए मगाऔँ,ड ड उनले अगाडि भने ‘त्यसपछि पूरक प्रश्नको लिस्ट तयार पारेर पूरक प्रश्न सोधौँ, गरी जाँदा प्रक्रिया सङ्गत हुन्छ ।’
सोअनुसार समितिले अहिले प्रतिप्रश्न सोध्न रोकेर विगतको बयानमा चोलेन्द्रलाई हस्ताक्षर गराउँदैछ । सत्ता गठबन्धनका सांसदहरू भने पूरक प्रश्न सोध्नुपर्ने अडानमा छन् । सो क्रममा समितिले तयार पारेको प्रतिवेदनमा निलम्बित प्रधानन्यायाधीश जबरालाई हस्ताक्षर गराउने नगराउने भन्ने विषयमा सांसदहरुबीच कुरा मिल्न सकेको छैन ।




