फेरी बढ्यो पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।  पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँको दरले मूल्य बढाएको हो । खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको छ ।

नयाँ मूल्य अनुसार एक लिटर पेट्रोलको मूल्य ११२ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टितेललाई ९८-९८ रुपैयाँ तिर्नुपर्ने भएको छ । खाना पकाउने ग्यासको मूल्य भने प्रतिसिलिण्डर १४ सय रुपैयाँ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री