काठमाडाैं । सिप्रदी अटोपार्ट्स प्रालिको इटहरीस्थित आधिकारिक विक्रेता (टाटा च्याम्पयन जोन) सप्तकोशी सप्लायर्सले दसैं अफर ल्याएको छ । नेपालीहरुको महान चाड दसैंको अवसरमा कम्पनीले टाटा जेन्यून पार्ट्स एवं टाटा जेन्यून आयलमा विशेष छुटका साथ उक्त अफर ल्याएको हो ।
अफरको टाटा मोटर इण्डिया लिमिटेड कमर्सियल भेइकलका इन्टरनेश्नल सर्भिस हेड भेंकेटेस अलवल एवं सिप्रदी अटोपार्ट्स प्रा. लि. का सिनियर जनरल म्यानेजर युवराज बुढाथोकीले संयुक्त रुपमा गरेका हुन् । टाटा कमर्सियल गाडीका धनीले अझ बढी सुपथ मूल्यमा जेन्युन पार्ट्स प्रयोग गरुन भन्ने उद्देश्यसहित अफर सार्वजनिक गरिएको कम्पनीले बताएको छ ।
यसरी जेन्यून पार्टसको प्रयोग गर्दा गाडीको आयु बढ्ने र पटकपटक मर्मत सम्भार गर्नबाट छुट्कारा मिल्ने विश्वास कम्पनीले लिएको छ । यो अफरमा ग्राहकले एक बट्टा टाटा जेन्युन आयल खरिद गर्दा अर्को एक बट्टा आयल नि:शुल्क पाउनेछन् ।
यसैगरी क्लच प्लेट तथा प्रेसर प्लेटको सेट, व्रेक लाइनिङ र इम्पेरियल ग्रिजको खरिदमा पनि एउटा किन्दा अर्को सित्तैमा पाइनेछ भने फिल्टरमा ४५ प्रतिशत छुट पाउने उक्त सप्लायर्सका संचालक वोध प्रसाद तिमिल्सिनाले बताए । यो अफरबाट धेरैभन्दा धेरै गाडी धनीले लाभ उठाउन सक्ने उनको भनाइ छ ।




