काठमाडाैँ । कास्कीको पोखरा महानगरपालिका-३० शिशुवामा हिजो साँझ माइक्रो बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेका पोखरा महानगरपालिका-३१ मोहरियाका ७८ बर्षीया देवकला बन्जरा रहेकी छन् ।
हिजो साँझ सवा ६ बजे ग १ ख ६८३० नम्बरको माइक्रो बसको ठक्करबाट गम्भीर घाइते भएकी बन्जराको उपचारको क्रममा पोखराको पश्चिम क्षेत्रीय अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय शिशुवा कास्कीले जनाएको छ । माइक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईंको प्रतिकृया




