संसद्को दुवै सदनको बैठक, यस्तो छ कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने छ ।

आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७/०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजै राष्ट्रिय सभाको बैठक पनि बस्ने भएको छ । अपराह्न ३ बजे बस्ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री