काठमाडौँ । काभ्रेमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको हो । भने एक जना घाइते भएका छन् ।
बिहान साढे ३ बजे घरमाथिको ढुङ्गा खानीबाट खसेको पहिरोले घर पुरिँदा ४४ वर्षका निरबहादुर तामाङ र ४० वर्षकी सावित्री तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक डीएसपी अञ्जना श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ६५ वर्षकी ठूलीमाया तामाङ घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि बनेपा लगिएको छ । पहिरोमा परेका तीनै जना एकै परिवारका भनिए पनि साइनो खुलेको छैन ।
तपाईंको प्रतिकृया




