आइएमई मोटर्सको अशोक लेल्याण्ड गाडीहरूमा चाडपर्व अफर

काठमाडौं । आइएमई मोटर्सले दसैँ तिहारलाई लक्षित गरी अशोक लेल्याण्ड गाडीहरुमा चाडपर्ब, हर्षको बहार लैजानुहोस् छानी छानी उपहार अफर सार्वजनिक गरेको छ ।

यो अफर आन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाईल फोन अथवा दुई जानलाई थाइल्यान्ड टुर पाउनेछन् । आइसिभी/ट्रक/ टिप्पर/ आइसिभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुई जानालाई सिङ्गापुर टुर पाउनेछन् । एम एण्ड एचसीभी/ट्रक/ टिप्पर/ एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा एक जानलाई यूरोप टुरमध्ये एक छानेर लिन सक्नेछन ।

कम्पनीले उपहार सहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर वाँकी ७० प्रतिशत रकमलाई सरल किस्तावन्दिमा भुक्तानी गर्नेगरी कुनै पनि सवारीसाधनहरु खरिदगर्न सक्नेछन । अफर कमर्सियल भेहिकलका सम्पूर्ण रेन्जका सवारीसाधनहरुमा उपलब्ध हुने र सिमित अवधीका लागि मात्र लागु गराइएको जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री